मधेसको खानेपानी समस्या चाँडै समाधान हुन्छ : मन्त्री यादव

२०८२ श्रावण ९, शुक्रबार १४:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वीरगन्ज । खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशमा देखिएको खानेपानी समस्या चाँडै समाधान हुने आश्वासन दिएका छन्।

पर्साको ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा करिब १ हजार घरधुरीलाई लाभ पुग्ने खानेपानी आयोजनाको शुक्रबार उद्घाटन गर्दै उनले उक्त विश्वास दिलाएका हुन्।

तराई–मधेसले गम्भीर जलसंकट सामना गरिरहेको स्वीकार्दै उनले सरकार नागरिकलाई स्वच्छ खानेपानी सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। मन्त्री यादवले मन्त्रालयकै पहलमा मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको पनि स्मरण गराए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार