काठमाडौं। सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआरु सेवा सञ्चालनमा ल्याएको छ। यो नयाँ सेवामार्फत ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको काउन्टरबाट रकम झिक्न सक्नेछन्।
बैंकका अनुसार, यो सुविधाले एटीएम कार्ड नभएको अवस्थामा वा एटीएमको पहुँच कम भएका स्थानहरूमा ग्राहकलाई रकम झिक्न सहज बनाउनेछ। यो सेवा डिजिटल बैंकिङ्गलाई थप सरल र सुलभ बनाउने उद्देश्यले ल्याइएको हो। सानिमा बैंकका देशभर १३४ कार्यालय र १२७ वटा एटीएम सञ्चालनमा छन्।




