सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु, आरोपी फरार

२०८२ श्रावण ९, शुक्रबार १२:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिरहा । सिरहाको गोलबजार नगरपालिका-३ स्थित मुसहर्नियाँमा बिहीबार भाइको खुकुरी प्रहारबाट दाईको मृत्यु भएको छ । २५ वर्षीय भाई श्याम सदाले घरायसी विवादका क्रममा झगडा छुट्याउन आएका आफ्नै ३५ वर्षीय दाइ मोतीराम सदालाई खुकुरी प्रहार गरेका हुन् ।

छातीमा गम्भीर चोट लागेका मोतीरामलाई उपचारका लागि लहान प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोविन्दप्रसाद शाहका अनुसार घटनापछि आरोपी श्याम फरार छन् र उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार