बंगलादेशका पूर्व प्रधानन्यायाधीश खैरुल हक पक्राउ

२०८२ श्रावण ८, बिहीबार १४:३२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बंगलादेश । बंगलादेशका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बिहीबार बिहान धानमन्डीस्थित निवासबाटै पक्राउ गरिएको हो। प्रहरीले उनीविरुद्ध भ्रष्टाचार र न्यायिक फैसला हेरफेर गरेको आरोपमा तीनवटा मुद्दा रहेको जनाएको छ।

हकमाथि सबैभन्दा गम्भीर आरोप सन् २०११ मा राष्ट्रिय चुनावको निरीक्षण गर्ने कार्यवाहक सरकार प्रणालीलाई खारेज गर्ने ऐतिहासिक फैसलालाई हेरफेर गरेको लगाइएको छ। उनको नेतृत्वमा रहेको बेन्चले संविधानको १३औँ संशोधनलाई असंवैधानिक घोषणा गर्दै उक्त प्रणाली अन्त्य गरेको थियो, जुन निकै विवादास्पद बनेको थियो।

गत वर्ष अगस्टमा विद्यार्थी विद्रोहबाट प्रधानमन्त्री शेख हसिना अपदस्थ भएपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। यो सरकारले हसिनाको शासनकालमा विभिन्न पदमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान चलाइरहेको छ, जसअन्तर्गत हकलाई पनि पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार