प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखिः पहिलो दिन तीन खेल हुने

२०८० पुष २८, शनिबार ११:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो दिन आज तीन खेल हुनेछन् । कीर्तिपुरस्थित टीयु मैदानमा हुने खेलमा बागमती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, मुलपानी क्रिकेट मैदानमा आजै हुने अर्को खेलमा कोशी प्रदेश र मधेश प्रदेश आमनेसामने हुनेछन् । त्यसैगरी भैहरवामा लुम्बिनीले गण्डकी प्रदेशसँग घिड् खेल्ने तालिका छ । तीनै खेल बिहान ९ बजेपछि सुरु हुने छन् ।

एकदिवसीय प्रतियोगिता राउन्ड रोविन लिगमा खेलाइनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय