‘प्रथम मकवानपुर लिग क्वालिफाइ फुटबल’आज सुरू हुँदै

२०८० मंसिर २३, शनिबार ११:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर । मकवानपुरमा ‘प्रथम मकवानपुर लिग क्वालिफाइ फुटबल प्रतियोगिता’ आज सुरु हुँदैछ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने खेलको उद्घाटन बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठले गर्ने जनाइएको छ ।

उद्घाटन खेलमा जनहित युवा क्लब र पदममपोखरी फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने देस्रो खेलमा जनप्रवाह क्लब र समाज कल्याण युबा क्लब भिड्ने भएका छन् । मंसिर ३० गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १२ वटा टिमको सहभागिता हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले जिल्ला लिग छनोटबाट २ टोलीले मकवानपुर जिल्ला लिगमा स्थान बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार