नेपालले गुमायो पाँचौं विकेट

२०७९ फाल्गुन २८, आईतवार ०७:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान रोहित कुमार पौडेल ३८औं ओभरको तेस्रो बलमा आउट भएका हुन् । रोहितले ७७ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले क्याच आउट गराए ।

नेपालले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १६२ रन बनाएको छ । अहिले नेपालका लागि आरिफ शेख र गुलशन झा क्रिजमा छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय