पीएनजीसँग यूएईको सहज जित

२०७९ फाल्गुन २६, शुक्रबार १२:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ‌ । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएको छ । पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएई ४२ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयो ।

यूएईका लागि आर्यन लाक्राले ५१ र मुहम्मद वसीले ४१ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ३ तथा कबुआ मोरे र आसाद भालाले २/२ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायो । पीएनजीका लागि सेसे बाउले नटआउट ८१, हिरी हिरीले ७७ र किप्लिन डोरिगाले ५५ रन बनाए । बलिङतर्फ यूएईका लागि आयन अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २/२ विकेट लिए ।

लिग–२ मा पीएनजीसँग यूएईको यो लगातार चौथो हार हो । यो हारसँगै यूएईले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना सकिएको छ । यूएईको सोझै एकदिवसीय मान्यता पाउन पनि बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित लिग–२ तालिकाको छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार