सन्दीपले लिए एकै ओभरमा दुई विकेट

२०७९ फाल्गुन २५, बिहीबार ११:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । सन्दीप लामिछानेले नेपालका लागि आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले आफ्नो ३३ औं ओभरमा दुई विकेट गुमायो । सन्दीपले ३३ औं ओभरको दोस्रो बलमा हिरी हिरीलाई बोल्ड आउट गराएका हुन् । हिरी हिरीले ८ रन बनाए । सन्दीपले नै ३३ औं ओभरको तेस्रो बलमा काड सोपरलाई क्याच आउट गराए ।

पीएनजीले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १५३ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार