आईसीसी क्रिकेट विश्वकप लिग २ः नेपालले गुमायो दोस्रो विकेट

२०७९ फाल्गुन २५, बिहीबार ०५:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुशल मल्ल २ रनमा क्याच आउट भएका हुन् । नेपालले २१ ओभरमा २ विकेट गुमाउदै १२१ रन जोडेको छ । यसअघि कुसल भुर्तेल ४५ रन बनाएर क्याच आउट भएका थिए ।

हाल क्रिजमा ज्ञानेन्द्र मल्ल र आसिफ शेख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार