मनीष डाँगीले जिते वर्ष युवा खेलाडी अवार्ड

२०७९ फाल्गुन २३, मंगलवार १०:२२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा भइरहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष युवा खेलाडीका फुटबलर मनिष डाँगीले जितेका छन् ।

मंगलबार प्रज्ञा प्रतिस्ठानमा भएको वर्ष युवा खेलाडीको घोषणामा राष्ट्रिय टिमका मिडफिल्डर मनिषले बाँकी चार खेलाडीलाई पछि पारे । उनले युवा खेलाडीको मनोनयनमा परेका फुटबलकै प्रीति राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनका रसिला महर्जन र भलिबलका उषा भण्डारी पछि पार्दै युवा वर्ष खेलाडीको अवार्ड जिते । युवा वर्ष खेलाडी चुनिएका उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरे ।

मनीष डाँगी (फुटबल)

अन्तर्राष्ट्रिय फुटबल ‘डेब्यु’मा एसियाकै ‘हेभीवेट’ इराकविरुद्ध दर्शनीय गोल

साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल

मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन योगदान ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार