आजदेखि ‘ए’ डिभिजन लिग, कार्यक्रम बालेनले उद्घाटन गर्ने

२०७९ फाल्गुन १९, शुक्रबार ०५:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि प्रारम्भ हुँदैछ । लिगको पहिलो खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लब भिड्दैछन् । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५ः३० बजे प्रारम्भ हुनेछ ।

लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गर्ने कार्यक्रम छ । आज दिउँसो ४ः३० बजेदेखि प्रारम्भ हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न कलाकारहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको सहभागिता रहने छ । दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान गरी तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने छन् । फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउने छ मस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीबापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय