
भक्तपुर । नित्यराज पाण्डे प्रज्ञा–प्रतिष्ठानले साहित्य, ज्ञान–विज्ञान र शैक्षिक क्षेत्रमा योगदान पुर्याएका सर्जक तथा संस्थालाई पुरस्कृत गरेको छ ।
एक कार्यक्रमबीच साहित्यकार ध्रुव मधिकर्मीलाई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार’, डा. भूचन्द्र वैद्यलाई ‘नित्यराज पाण्डे ज्ञान–विज्ञान पुरस्कार’ र मेधा माध्यमिक विद्यालयलाई ‘सिद्धिराज विद्याकुमारी देवकुमारी शैक्षिक पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कृत व्यक्ति तथा संस्थालाई प्रमाणपत्रसहित नगद राशि २५ हजार रुपैयाँ प्रदान गरियो ।
कार्यक्रममा प्रा. दिनेशराज पन्त, उत्तम नारायण मल्ल, सुनीता पाण्डे र मुकुन्द शर्माले बोलेका थिए ।