प्रदेश १ नामकरण: प्रदेशसभाको बैठक सुरु

२०७९ फाल्गुन १७, बुधबार १०:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेश १ को नामकरण गर्ने कार्यसूचीसहित बैठक बसिरहेको छ ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेको प्रस्ताव छ । यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए। प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

नेकपा (माओवादी केन्द्र) ले भने एमालेले राखेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने जनाएको छ । प्रदेशसभाको आजको बैठकले नामकरणको विषयमा निर्णय गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय