युबराज सुवेदी
स्याङ्जा ,२८ पुस । बिश्व हिन्दु युवा स्याङ्जाले बुधबार विभिन्न ठाउमा विभिन्न कार्यक्रम समपन्न गरेको छ। भिरकोट नगरपालिका ४ छाङ्छाङ्दी मन्दिरको सभाहलमा पृथ्वीनारायण शाह र राष्ट्रियता बिषयमा बक्तित्वकला कार्यक्रम गरेको छ।कार्यक्रमको अध्यक्षता बिश्व हिन्दु युवा संघका अध्यक्ष नबराज पौडेलले गर्नुभएको थियो। भने कार्यक्रममा प्रमुख अतिथी भिरकोट नगर प्रबक्ता एबम वार्ड न १ अध्यक्ष दिपेन्द्र केसि, बिशिस्ट अतिथी भिरकोट वार्ड न ८ का वार्ड अध्यक्ष नन्दु खनाल,वालिङ नगरपालिका वार्ड न ११ का वार्ड अध्यक्ष एबम बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य ड्ण्ड पाणि पङेनी , बिश्व हिन्दु महासङ्ह भिरकोट नगर उपाध्यक्ष बिष्णु काफ्ले ,वालिङ जेसिजका अध्यक्ष ध्रुब पङेनी लगायतको उपस्थित रहेको थियो।कार्यक्रममा स्याङ्जाका विभिन्न बिद्यालय बाट बिद्यार्थी हरुले सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भिरकोट नगर प्रबक्ता दिपेन्द्र केसिले पृथ्वीनारायण शाहले गरेको योगदान हामिले बिर्सन नहुने बताउनु भएको थियो। उहाले गर्दा नै हामि नेपाली हरुले नेपाल देश भनेर गर्व गर्न पाइएको बताउनु भयो।बिश्व हिन्दु युवा संघ स्याङ्जाले निकै राम्रो काम गरेको र आफुहरुले संघलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता बताउनु भयो।
कार्यक्रममा श्री कन्साइन्स ईंग्लिश बोर्डिङ स्कुलका बिधार्थी निशान्त अर्यालले प्रथम स्थान हासिल गर्न सफल हुनुभएको थियो,दोस्रो स्थान भुम्रे मा बी का बिद्यार्थी पोशनाथ लुइटेल ले हासिल गर्नुभएको थियो भने ,तेस्रो स्थान बालोदय ईंग्लिश बोर्डिङ स्कुलकि श्री बिनिशा खनालले हासिल गर्नुभएको थियो। कार्यक्रममा मन्तव्य वार्ड न ८ का अध्यक्ष नन्दु खनाल, वालिङ(११ का अध्यक्ष डण्ड पाणि पङेनी,बिष्णु काफ्ले,ध्रुब पङेनी,जीवन अर्यालले राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन हरि रेग्मिले गर्नु भएको थियो ।
यस्तै बिश्व हिन्दु युवा संघ स्याङ्जाले अर्जुन चौपारी गाउपालिकामा पनि कार्यक्रम गरेको छ।उक्त कार्यक्रमको प्रमुख अतिथी अर्जुन चौपारिका अध्यक्ष प्रकाश तिवारी हुनुहुन्थ्यो।कार्यक्रममा बोल्दै अध्यक्ष तिवारिले हामिले पृथ्वीनारायण शाहलाई राजसस्था सङ जोड्न नहुने र उहाले गरेको योगदान हामी सबैले सम्झनु पर्ने बताउनु भएको थियो।उहाले भनेका दिब्य उपदेश आज पनि उतिकै सान्दर्भिक भएको कुरा बताउनु भएको थियो।उहाले भोलिका दिनमा सरकारले पृथ्वी जयन्तिको अबसरमा सार्बजानिक बिदा नदिए पनि आफ्नो कार्यकालमा पौष २७ लाई सम्झने र सार्वजनिक बिदा दिने घोषण गर्नु भएको छ।
कार्यक्रम अर्जुन चौपारी वार्ड न १ का अध्यक्ष रण बहादुर थापा,राप्रपाका नेता भिम बहादुर गोदार,नेपाली काङ्ग्रेस पालिका सचिब केशब चापागाई लागायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बिश्व हिन्दु युवा संघ स्याङ्जाले पालिका प्रमुख प्रकाश तिवारी लाई पृथ्वीनारायण शाहको तस्बिर आफ्नो कार्यकक्षमा राख्न को लागि आग्रह गरेको थियो र उक्त प्रस्ताब स्विकार गर्नु भएको थियो।यस्तै बिश्व हिन्दु युवा संघ स्याङ्जाले भिरकोट नगरपालिका वार्ड न १ मा पनि पृथ्वीनारायण शाहको तस्बिर राखेको छ।सबै पालिकामा पृथ्वीनारायण शाहको तस्बिर राख्ने कुरा बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले जानकारी दिनु भयो।