युबराज सुवेदी
स्याङ्जा,२० पुस । बिश्व हिन्दु युवा संघ स्याङ्जाले पछिल्लो समय विभिन्न पालिकामा गएर पृथ्वी जयन्तिको अबसरमा सार्वजनिक बिदाको माग राख्दै ज्ञापनपत्र बुझाएको छ।आज बिश्व हिन्दु युवा संघ स्याङ्जाले भिरकोट नगरपालिकामा नगर प्रमुख गोबिन्द कर्मचार्य,नगर प्रबक्ता एबम वार्ड न १ अध्यक्ष दिपेन्द्र केसि ,भिरकोट ७ अध्यक्ष तारा प्रसाद अर्याल समक्ष ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र बुझ्दै भिरकोट नगर प्रमुख गोबिन्द कर्मचार्यले पृथ्वीनारायण शाहले गरेको योगदान हामिले भुल्न नहुने र उहाले गरेको कामको हामिले प्रसंशा गर्न पछि पर्न नहुने बताउनु भयो।उहाले भिरकोट नगरपालिकाले यस बर्ष पनि उहाँको योगदान लाई सम्झ्दै सार्वजनिक बिदा दिने कुरा व्यक्त गर्नु भएको थियो।प्रमुख कर्मचार्यले पृथ्वीनारायण शाहले गर्दा नै आज हामिले नेपाली भन्न पाइएको कुरा ब्यक्त गर्नु भएको थियो। बिश्व हिन्दु युवा संघले गरेको काम प्रती आफुहरु प्रभाबित भएको कुरा बताउनु भयो।
बिश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा अघिल्लो बर्ष स्याङ्जाका ७ पालिकाले सार्वजनिक बिदा र विभिन्न कार्यक्रम गरेका थिए ।अहिले सम्म अर्जुन चौपारी गाउपालिका ,वालिङ नगरपालिका ,गल्याङ नगरपलिकाले सार्वजनिक बिदा दिनको लागि सकारात्मक देखिएका छ्न र अन्य पालिकाहरुसङ पनि कुरा भएको बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेलले जानकारी दिनु भएको थियो।अध्यक्ष पौडेलले पृथ्वीनारायण शाहको योगदान हामिले भुल्न नहुने र पौष २७ गते नेपाल सरकारले देश भर नै सार्वजनिक बिदा दिनु पर्ने कुरा बताउनुभएकाे छ ।
ज्ञापनपत्र बिश्व हिन्दु युवा संघ स्याङ्जाक अध्यक्ष नबराज पौडेल ,जिल्ला सदस्य प्रज्वल रनपाल,राजन रेग्मी ले बुझाउनु भएको थियो।