स्याङ्जाको विकास प्रमुख एजेन्डा,जिम्मेवार प्रतिपक्षमा रहेर पनि विकास गर्न सकिन्छ : उपसभापति गुरुङ

२०७९ पुष १७, आईतवार ०९:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,१७ पुुस । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गठबन्धनमा पुष्पकमल दाहाल प्रचण्डले बेइमान गरेको बताउनुभएको छ ।

कांग्रेसले शनिबार स्याङ्जामा आयोजना गरेको ४६औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बोल्दै गुरुङले प्रचण्डले २० वर्ष गठबन्धन कायम राख्ने भनेर बोले पनि अहिले आएर धोका दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ,अब एकले अर्कालाई दोष लगाउनुभन्दा नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनुको विकल्प छैन’। चुनावका समयमा प्रतिबद्धता बाचा पुरा गर्ने सन्दर्भमा उहाँले भन्नुभयो सरकारमा रहँदा मात्र विकास हुने होइन, जिम्मेवार प्रतिपक्षमा रहेर पनि विकास गर्न सकिन्छ। म यहाँको विकास प्रति जिम्मेवार छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार