गल्याङ नगरपालिकाद्वारा योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम

२०७९ पुष १५, शुक्रबार १०:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी
स्याङ्जा,पौष १५ । गल्याङ नगरपालिका वडा नं. ६ मा बिहिवार योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रममा गल्याङ नगरपालिका नगर प्रमुख गुरु भट्टराई र नगर उपप्रमुख हेमा न्यौपानेको उपस्थिति रहेको थियो। गल्याङ नगरपालिका द्वारा प्राबिधिक साथै इन्जिनियर वडा मै आएर योजना सम्झौता सम्बन्धि सेवा सुबिधा दिइएको थियो । साथै गरिमा बिकास बैंक बाट कर्मचारी ल्याएर योजना सम्झौताको लागि खाता खुलाउने साथै योजना सम्झौता गर्ने काम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार