बिश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा राष्ट्रिय एकता दिबस एबम पृथ्वी जयन्तीको अबसरमा सार्वजनिक बिदाकाे माग

२०७९ पुष १४, बिहीबार १८:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी 

स्याङ्जा, पौष १४ । बिश्व हिन्दु युवा संघ स्याङ्जा द्वारा पृथ्वी जयन्तिको अबसरमा सार्बजनिक बिदा एबम विभिन्न कार्यक्रमको माग गर्दै आज वालिङ नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

संघले अगिल्लो बर्ष पनि स्याङ्जामा सार्वजनिक बिदाको माग गरेको थियो र स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका थिए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख कृष्ण खाडले पृथ्वी नारायण शाहले गरेको योगदान हामिले भुल्न नहुने कुरा बताउनु भयाे । उहाँले भन्नुभयाे  “उहाँले नेपाली जनतालाई एकताबद्द गराउने काम गर्नु भएको थियो ।

उपप्रमुख कबिता तिवारिले पनि पृथ्वीनारायण शाहले नै हाम्रो राष्ट्रियता बलियो गराउने काम गर्नु भएको र नेपाली जनातालाई एउटै मालामा गास्ने काम गर्नुभएको हुँदा उहाँलाई हामिले भुल्न नहुने कुरा बताउनु भएको थियो । उहाँले बिश्व हिन्दु युवा संघको माग प्रती आफुहरु सकारात्मक रहेको कुरा समेत ब्यक्त गर्नु भएको थियो ।

ज्ञापनपत्र बुझाउदै बिश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नबराज पौडेलले हामिले नेपाल राष्ट्र निर्माण गर्ने ब्यक्तिलाई बिर्सन नहुने र पछिल्लो समय पृथ्वीनारायण शाहलाई बिर्सने काम भएको र यो कुराले गर्दा नै हाम्रो राष्ट्रियता कमजोर भएको कुरा बताउनु भयाे । ज्ञापनपत्र बुझाउन बिश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य ड्ण्ड पानी पङेनी, जिल्ला सह प्रबक्ता कुशल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, समाजसेबी कमल कुवर, गोबिन्द पङेनी लगायत पुग्नुभएकाे थियाे । बिश्व हिन्दु युवा संघ स्याङ्जाले आज गल्याङ नगरपालिका लगायतका विभिन्न पालिकामा पनि विभिन्न माध्यम मार्फत ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार