युबराज सुवेदी
स्याङ्जा १० पुस । स्याङ्जाको गल्याङ नगरपालिकाको एउटै गाउँबाट रु पचास लाख भन्दा बढिको सुन्तला बिक्री भएको छ। गल्याङ नगरपालिका वडा नं. ६ पिडिखोला,पातिखर्क बाट यसै बर्ष मात्रै पचास लाख भन्दा बढिको सुन्तला बिक्री भएको हो ।
पिडिखोलाको पातिखर्क गाउँमा २२ घर धुरिले ठेक्का तथा खुद्रा बिक्री बाट राम्रो आम्दानी गर्न सफल भएको जन प्रगती कृषि समूहका अध्यक्ष देब बहादुर थापा (देबेन्द्र) ले बताउनुभयो।
अहिले भएको बगैचाको सुन्तला ठेक्का मार्फत पचास लाखको बिक्री भैसकेको छ । अब हजारौ नयाँ बिरुवा लगाउने पनि अध्यक्ष थापाले बताउनुभयो ।
यहाँ उत्पादन भएको सुन्तला गल्याङ, वालिङ,बुटवल,पोखरा बाट ठेकेदार आएर बोट नै खरिद गर्छन् । खुद्रा बेच्दा प्रती केजी मात्र पचास पर्ने भएकाले किसानले ठेक्का दिने गरेका छन् । गाउँमा रहेका २२ घरले न्युनतम पचास हजारदेखि चार लाख सम्मको आम्दानी रहेको उहाँको भनाइ छ । गतबर्ष मात्रै चालीस लाख बराबर को सुन्तला फलेको उहाँले बताउनु भयो ।
पिडिखोला पातिखर्कमा आउने पाहुना,आफन्तजन लाई कोसेली स्वरुप सुन्तला दिने गरिएको छ । बिशेष गरि पातिखर्क गाउँको को नाम सुन्तला संगै जोडिएको छ थापाले बताउनुभयो ।