शालिग्राम शिलाको संरक्षणमा पहल गर्ने छु : नगर प्रमुख भट्टराई

२०७९ पुष १०, आईतवार ०९:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा , १० पुस । एशियाकै सबै भन्दा बिराज शालिग्राम शिला र सेतीबेणी बजार आसपासको संरक्षणमा स्थानीय तह प्रदेश र संघ सँगको समन्वयमा विकास निर्माण तथा संरक्षण गर्ने पक्षमा आफू रहेको कुरा गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई बताउनु भयो । शनिबार सेतीबेणी शिलाको दर्शन तथा त्यस क्षेत्रको अध्ययन अबलोकन तथा सेतीबेणी शिला क्षेत्रको विकास निर्माण अभियानमा स्थानीय तहको भूमिकाको विषयमा छलफल गर्दै सो कुरा बताउनु भएको हो ।

बिराट शिलाकिराम शिलाको दर्शनका लागि देश तथा विदेशबाट आउने गरेको भएता पनि विगतको वर्षाको कारण डुबान हुँदा सेतीखोलाले धार परिर्वतन गरेकाले त्यसलाई पुरानै अवस्थामा फर्काउने स्याङ्जा,पर्वत र गुल्मीको संगम स्थल भएता पनि पछिल्लो समय गुल्मी साईट तर्फ बालुवा थुपारेर शिलाको आडबाट नदी बहने काम भएकाले त्यसको व्यवस्थापन गर्ने र सेतीबेणी बजारको संरक्षण गर्ने कार्यमा आफूले समस्याको समाधान गर्ने कुरा बताउनु भयो । नगर प्रमुख भट्टराईले भन्नु भयो तत्काललाई गल्याङ नगरपालिकाबाट प्राविधिक खटाएर लगत स्टमेट तयार गर्ने र बगरलाई व्यवस्थापन गर्ने तथा वारी पारी गर्नका लागि अस्थायी भए पनि पुलको व्यवस्था मिलाउने र अन्य बृहत योजनाका लागि डिपिआर तयार गरेर प्रदेश तथा संघ सरकारसंग समन्वय गरेर विकास निर्माण गर्ने कुरा बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले भन्नु भयो तीन जिल्लाको संगम स्थल भएकाले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसंग बसेर बसेर त्यसको समस्या समाधानमा पक्षमा आफू रहेको कुरा बताउनु भयो । उहाँ भन्नू भयो सेतीबेणी शिलामा वर्षाका कारण भएको क्षेतीको कार्य सञ्चालन गर्न विपद व्यवस्थापन समिति स्याङ्जा एक्लैले गर्ने अबस्था नभएको र त्यसको लागि बिस्तृत विवरण वा इन्जिनीयरको स्टेमेन्ट आए पछि त्यसलाई संघ सरकारमा पठाएर समस्याको समाधानमा लाग्ने कुरा बताउनु भयो ।

गल्याङ नगरपालिका वडा नं.५ का वडाअध्यक्ष धनश्याम भट्टराईले भन्नु भयो स्थानीयले आफूलाई समस्याको बारेमा तारन्तार फोन गर्ने गरेको र त्यसको समाधानका लागि गल्याङ नगर प्रमुख तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख लगायतलाई जानकारी गराएको र सोही अनुसार अनुगमन गरिएको कुरा बताउनु भयो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, शिक्षा शाखा प्रमुख केदार राज आचार्य, लेखा अधिकृत तेजन गैह्रे तथा स्याङ्जा जिल्लाका ४ वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले अध्ययन अबलोकन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार