काठमाडौँ, ९ पुस । नेपाली काङ्ग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनताका बीच गरेको बाचा पुरा गर्न पनि हालको गठबन्धनले निरन्तरता पाउनुपर्ने बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस स्याङ्जा काठमाडौ सम्पर्क समितीले सनिवार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै नेता गुरुङले कसले के पद पाउछ भन्दा पनि नैतिकता सम्झेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “राजनीतिमा नैतिकता छैन भन्ने धेरै सूनिन्छ । आम जनतामा यो धारणा सिर्जना गरेको तपाईं हामी राजनीति गर्ने ब्याक्तीहरुले नै हो । त्यसैले राजनीतिमा नैतिकता पनि छ है भनेर जनतालाई प्रष्ट पार्न पनि गठबन्धनले निरन्तरता पाउनुपर्ने हुन्छ ।” उहाँले पदको भागबन्डालाई लिएर गठबन्धन तोड्न नहुने धारणा राख्नु भयो ।
मंसिर ४ मा सम्पन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन २०७९ मा स्याङ्जा जिल्लाबाट निर्वाचित सांसदहरुलाई कांग्रेस स्याङ्जा काठमाडौं सम्पर्क समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ । शनिबार बिहान गोधुली फ़ुड्ल्याण्ड बसुन्धरामा स्याङ्जा जिल्ला बाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका सांसदहरुलाई काठमाडौं सम्पर्क समितिले बधाई दिँदै चियापान कार्यक्रम गरेको थियाे ।
कार्यक्रममा स्याङ्जा क्षेत्र न.१ प्रतिनिधी सभा सदस्य राजु थापा, क्षेत्र नं .२ धनराज गुरुङ, क्षेत्र नं .२ प्रदेश सभा (ख) महेश भट्टराई, प्रदेश सभा १ (क) भोजराज अर्याल, समानुपातिक प्रदेशसभा सदस्य सरस्वती अर्याल तिवारी, कांग्रेसका महाधिबेशन प्रतिनिधि , क्रियाशिल सदस्य लगाएत नेपाली काँग्रेसमा आस्था राख्ने सम्पूर्ण नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसदद्धय थापा र गुरुङले अबको ५ वर्षमा स्याङ्जा जिल्लालाई एक स्वच्छ, सुन्दर र समृद्ध स्याङ्जा निर्माणका लागि आवश्यक काम र विभिन्न क्षेत्रसंग सहकार्य गरी विस्तृत योजनाका साथ अगाडि बढ्ने बताउनुभएकाे छ । त्यसैगरी प्रदेश सभा सांसदद्धय भट्टराई र अर्यालले पनि ‘स्याङ्जाका जनताको विभिन्न समस्याहरुलाई सम्बोधन गर्ने गरि अघि बढ्ने र विकासका कार्यहरुलाई अघि बढाउने बताउनुभएकाे छ ।
स्याङ्जा काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष देवी प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ५०० भन्दा बढिको सहभागिता रहेको थियो भने कार्यक्रमा सञ्चालन कल्याण विक्रम पाण्डेले गर्नुभएकाे थियाे ।