युबराज सुबेदि
स्याङ्जा,३ पौष । गल्याङ नगरपालिका वडा न ६ ले आइतबार फरक क्षमता भएका ब्याक्तिलाइ जाडोको न्यानो कपडा बितरण गरेको छ ।
पिडिखोला डुडेमा रहेको वडा कार्यलयमा आफ्नो वडा न ६ भित्र रहेका सम्पुर्ण फरक क्षमता भएका ब्याक्तिहरु लाई कपडा बितरण गरिएको थियो । कार्यक्रममा सोही वडा का वडा अध्यक्ष दिप गुरुङ (छिरिङ) लगाएत सम्पुर्ण वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्यक्ष गुरुङले आफू फरक क्षमता भएको ब्याक्ती भित्र पर्छु भनेर डराएर लुक्ने होइन कि आफू भित्र भएको क्षमता देखाउने र वडा बाट पाउने सेवा सुबिधा बाट बन्चित नहुने पनि बताउनु भयो । साथै लेखक झमक कुमारी घिमिरे,बैज्ञानिक स्टेफेन हकिन र रमेस प्रसाइको उदाहरण दिएर आफू भित्र इक्षा शक्ति भयो भने केही गर्न सक्छौ भन्ने कुरा पनि दर्शाउनु भयो ।