युबराज सुबेदी
स्याङ्जा, २ पुुस । वालिङ जेसिज द्वारा शुक्रबार वालिङ्को भुम्रे मा वि मा वादविवाद कार्यक्रम सम्पन्न भएको छ। बिधालयमा अध्यनरत विद्यार्थीको रचनात्मक कार्यमा वृद्धिविकास होस् भनी कार्यकर्मको आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता वालिङ जेसिज बर्ष २०२२ का अध्यक्ष ध्रुब पंगेनीले गर्नु भएको थियो भने, कार्यक्रमको प्रमुख अतिथिमा वालिङ जेसिज बर्ष २०१२ का अध्यक्ष दिपक लम्साल , विशिष्ट अतिथिमा बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेल ,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तारा प्रासाद उपाध्य, बिधालयका प्रअ तिलक पराजुली ,वालिङ जेसिजका कोषधछय सुदिप अर्याल,सन्देश लम्साल लगायतको उपस्तिथी रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी लम्सालले वालिङ जेसिजले अत्यन्तै राम्रो काम गरेको ,बालबालिका लक्षित कार्यकरम गरेको मा धन्यबाद ज्ञापन गर्नु भएको थियो।उहाले जेसिजले बिधिको शासनको बारेमा बोल्ने यसले समाजमा घटेका बिकृती बिसङती बिरुध पनि काम गर्ने र गरेको पनि जानकारी दिनु भयो।उहाले जेसिजमा धेरै कुरा सिक्न पाइने र आफ्नो नेतृत्व पनि बिकास हुने कुरा बताउनु भएको थियो।
बिशिस्ट अतिथि बिश्व हिन्दु युवा संघ जिल्ला अध्यक्ष नबराज पौडेलले जेसिज को काम प्रती आफू प्रभावित भएको बताउनु भएको थियो।उहाले जिल्लाभर नै संस्कृत भाषाको लागि संस्कृत पुस्तकालय बनाउने अभियानमा लागेको र केही ठाँउमा निर्माण भैसकेको बताउनु भयो।
वालिङ जेसिजले यस छेत्रमा संस्कृत पुस्तकालय र नैतिक शिक्षा बिषय बिधालय तहमा लागू गराउन गरेको पहलको लागि बिश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेललाई सम्मान गरेको थियो।
बादबिबाद कार्यक्रममा विभिन्न शिर्षक राखिएको थियो।कक्षा ४ देखि ६ सम्ममा विद्यार्थीहरुले राम्रो लगाउनु भन्दा मिठो खानु बेस शिर्षकमा बादविवाद गरेका थिए । प्रतियोगितामा अनिषा विक प्रथम, आयुर राना द्धितिय र ईशिका मण्डल तृतिय हुनुभएको छ । त्यस्तै कक्षा ७ र ८ का विद्यार्थीहरुले धन भन्दा विद्या ठुलो शिर्षकमा बादविवाद गरेका थिए । जसमा स्मृति एसके प्रथम, सपना वि क द्धितिय र हुमलाल लुँईटेल र रविना विस तृतिय हुनुभएको छ । त्यस्तै कक्षा ९ र १० का प्रतिस्पर्धी विद्यार्थीहरुले विज्ञान अभिशाप कि बरदान शिर्षकमा बादविवाद गरेका थिए । प्रीतयोगितामा पोषकान्त लुँईटेल प्रथम, सन्ध्या सुनारले प्रथम स्थान हासिल गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य वालिङ जेसिजका कार्यकारिणी उपाध्यक्ष यज्ञ पुरुष रिजालले गरेका थिए भने कार्यक्रमको सञ्चालन वालिङ जेसिजका महासचिव मणि प्रसाद अर्यालले गर्नु भएको थियो।
कार्यक्रममा वालिङ जेसिजले विश्व हिन्दु युवा संघ स्याङ्जाका अध्यक्ष नबराज पौडेललाई सम्मान गरेको थियो। वालिङ क्षेत्रमा संस्कृत पुस्तकालय र नैतिक शिक्षा विषय विद्यालय तहमा लागू गराउन गरेको पहलको लागि पौडेललाई सम्मान गरिएको जेसिजले जनाएको छ।