पत्रकार महासंघ स्याङ्जाको साधारणसभा पौष २ गते

२०७९ मंसिर २९, बिहीबार २१:२४ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा ,२९ मंसिर । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको १५ औं साधरणसभा जिल्लाको सुन्दर नगरी वालिङमा पौष २ गते शनिवार सम्पन्न गर्ने तयारीमा जुटेको छ । बिहीबार बसेको बैठकले साधरणसभा सम्पन्न गर्न मुल आयोजक समिति र उपसमितिहरु गठन गरेको छ ।

महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा २१ सदस्यीय मुल आयोजक समिति गठन गरेको महासंघका सचिव प्रतिक्षा काफ्लेले जानकारी दिइन् । अध्यक्ष सिग्देलको अध्यक्षतामा बनेको मुल आयोजक समितिमा कार्यसमितिका सबै र शुभेच्छुक संघसंगठनका अध्यक्षहरु समेत रहेका छन् । महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, प्रेस सेन्टरका गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला र प्रेस चौतारी नेपाल स्याङ्जाका अध्यक्ष शुशिल सुवेदी मुल आयोजक समितिमा रहेका छन् । बैठकले साधरणसभा सम्पन्न गर्न उपसमिति समेत गठन गरेको सचिव काफ्लेले बताईन् ।

अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष भवानी अधिकारी, सदस्यहरुमा साधना न्यौपाने, कला राना रहेका छन् । आर्थिक उपसमितिको संयोजकमा कोषाध्यक्ष एकबहादुर गोदार(रमेश), सदस्यहरुमा अमृत अर्याल र खगेन्द्र भण्डारी रहेका छन् । त्यसैगरी मायाको चिनो तथा मन्च व्यवस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष राधाकृष्ण डुम्रे, सदस्यहरुमा नारायण विक र जोगराज पाठक रहेका छन् । बैठकले प्रचार प्रसार उपसमितिको संयोजकमा महासंघका सचिव प्रतिक्षा काफ्ले र सदस्यहरुमा सह—सचिव तोलाकान्त वगाले, सह—सचिव भुपराज बस्याल रहने गरी निर्णय गरेको छ ।

साधरणसभा सम्पन्न गर्न बसेको महासंघको बैठकले नयाँ सदस्यताका लागि माग गरेको आवेदन अनुसार १६ जनालाई महासंघको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । नयाँ सदस्यता सिफारीस समितिका संयोजक सहसचिव तोलाकान्त वगालेले पेश गरेको प्रतिवेदनका आधारमा महासंघको सदस्यता लिन गरेको आवेदनलाई बैठकमा लामो छलफलपछि सदस्यता दिने निर्णय गरेको महासंघ स्याङ्जाले जनाएको छ । साधरणसभामा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीको प्रमुख आथित्यतामा र ११ ओटै पालिकाका प्रमुखहरुको बिशिष्ट आथित्यतामा सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार