स्याङ्जा , २९ मङ्सिर । वालिङ मा सम्पन्न राष्ट्रिय लोक दोहोरि प्रतिष्ठान नेपाल स्याङ्जाको २१ औ बार्षिक साधारण सभा एवम आठौ जिल्ला अधिबेशनबाट अध्यक्षमा नेत्र खड्का निर्वाचित हुनुभएको छ । स्याङ्जाको २१ औ बार्षिक साधारण सभा एवम आठौ जिल्ला अधिबेशन बुधबार सम्पन्न भएको हो ।
आठौ जिल्ला अधिबेशन बाट निर्वाचित कार्यसमितिमा अध्यक्ष नेत्र खड्का ,प्रथम उपाध्यक्ष जगत गौडेल,महिला उपाध्यक्ष तारा पौडेल ,सचिवमा राजेश भण्डारी कोषाध्यक्षमा कमला गैरे, सहसचिव गोविन्द चापागाईं , सहकोषाध्यक्ष रबिना गुरुङ र सङ्गठन विभाग प्रमुख दिपक कार्की रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा सुरज श्रेष्ठ , अनिल लम्साल , सोम बस्याल , रोशन बिक जीवन थापा , सगुन थापा ,सफल सापकोटा , दिलु गुरुङ ,रेशम थापा मगर , यम ब नेपाली ,लक्ष्मण सिह ठकुरी , दिलिप मानन्धर र सन्तोष सुनार रहनुभएको छ ।