स्याङ्जा,२७ मंसिर । स्याङजामा खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागी आधिखोलामा माछाका भुुरा छोडियको छ ।
माछामार्ने कार्यवाट आफ्नो जिबिको पार्जन गर्दै आईरहेको बोटे समुुदाय तथा प्राकृतिक वातावरणलाई सन्तुलन कायम राख्ने उदेश्य अनुुरुप नेपालकै पहिलो तथा ठुुलो जलबिद्युुत कालीगण्डकी मत्स्य ह्याचरी सेवाले मंगलवार आधिखोलामा माछाका भुुरा छोडेको छ । प्राधिकरणले स्थापना कालदेखि मत्स्य ह्याचरी निमार्ण गरी माछाका भुुराहरु उत्पादन पस्चात कालीगण्डीका बिभिन्न स्थान नदिहरुमा भुुरा छोड्ने गर्दै आएको छ सोहि अनुरुप मंगलवार आधिखोलामा २ लाख ८० हजार माछाका भुरा छोडियको हो । शहर , मालुुङ्गे, हाडे, गर्दी, जुुगे , कमनजात तथा ग्रास असला काफ्ले आदि प्रकारका माछाको भुुराहरु नदिमा छोडिएको छ ।
बिगतका बर्षहरुमा १५ देखि २० लाख माछाका भुुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदिहरुमा पठाईने भएतापनी अहिले २५ लाख भुुरा उत्पादन भएको कालीगण्डकी जलबिद्युत केन्द्रका प्रमुख पशुपतीराज गौतमले जानकारी दिनुभयो । ठाउँ ठाउँमा ड्याम निर्माण हुदा माछा माथि देखि तल तथा तलवाट माथि जानेक्रम रोकिने हुदा माछा हराउदै जाने समस्या बृद्धि भएको तथा माछाकै भरमा आफ्नो जिविका चलाईरहेका वोटे समुुदाय लाई मध्यनजर गर्दै प्राकृतिक रुपमा रहेका माछाहरु कम हुनवाट जोगाउने उदेस्यले बार्षीक रुपमै नदिमा माछाको भुरा छोड्ने गरेको प्रधिकरणले जनाएको छ ।