स्याङ्जा,२५ मंसिर । गल्याङ नगरपालिका २ को आम्बोट खेल मैदानमा मंसिर २१ गतेदेखि सुरु भएको गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगितामा तल्लो गल्याङको नेपाल तारा युवा क्लब प्रथम भएको छ ।
श्री जुन तारा युवा क्लबको छैठौं बार्षिक उत्सवको अवसरमा संचालक भएको उक्त प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद सहित प्रमाण र सिल प्रदान गरिएको थियो । खेलमा दोश्रो भएको वालिङ् नगरपालिका १३ को न्यु क्रीयाटिभ युवा क्लब थानपाटाले २० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दुई समुह बनाएर खेल खेलेको आयोजक श्री जुनतारा युवा क्लब एउटा समुह तृतीय र त्यहीँ मध्यको अर्को समुहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । तृतीय बनेको क्लबले १५ हजार नगद प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्यस्तै सान्त्वना पुरस्कार १० हजार नगद सहित शिल्ड प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले,गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।