स्याङ्जाको गल्याङ नगरपालिकामा लैंगिक हिंसाविरुद्धको १६ दिने कार्यक्रम सम्पन्न

२०७९ मंसिर २५, आईतवार १८:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा ,२५ मंसिर । गल्याङ नगरपालिकाकामा लैंगिक हिँसा विरुद्दको १६ दिने कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा प्रभात फेरि कार्यक्रम नगरपालिका कार्यालयबाट सुरु भई बजार परिक्रमा गरि सिटी हल गल्याङमा कार्यक्रम सम्पन्न भएको हो । जसमा २०० भन्दा बढीको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमूख अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य स्याङ्जा क्षेत्र नम्बर २ ‘ख’ का नवनिर्वाचित सदस्य महेश भट्टराई, विशेष अतिथिमा नगरप्रमुख गुरु प्रसाद भट्टराई, उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा त्यसैगरी अतिथिको रुपमा ३ नम्बर वडाका वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, ९ का वडा अध्यक्ष नामदेव खनाल, जन जागृति आमा समूहकी अध्यक्ष कला बस्याल, कार्यपालिका सदस्य पदमा भुसाल, बिष्णु माया बस्याल लगायतको उपस्थिति रहेको थियो।

गल्याङ नगरपालिकाको समन्वयमा ” सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिँसा विरुद्दको १६ दिने अभियान भव्यताका साथ् सम्पन भएको छ। कार्यक्रमका प्रमूख अतिथि प्रदेश सभा सदस्य भट्टराइले समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभएका छ। उहाँले भन्नुभयो,‘व्यक्ति, समाज र सिंगो राष्ट्रलाई लैंगिक हिंसाको नकारात्मक प्रभावबाट बचाउँदै सभ्य, सुसंस्कारयुक्त जगमा उभ्याउनुपर्ने छ। कतिपय गलत अभ्यास, दुःखद् घटनाका कारण बन्ने नकारात्मक छविप्रति सजग हुँदै हिंसाका सबै कारक तत्वहरूलाई निर्मूल पार्नुपर्ने छ। ‘

त्यसैगरी नगरप्रमुख भट्टराइले महिला सशक्तिकरणका कुरामा गल्याङ नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । अब गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उहाँले उद्यमशिलतालाई जोड दिनुपर्ने बताउनुभयो । महिलामैत्री, वातावरणमैत्री नगर बनाउन नीति तथा कार्यक्रममार्फत कार्ययोजना तयार पारेर कार्यान्वयनमा जाने भट्टराइले बताउनुभयो । ‘ लैङ्गिक हिंसा अन्त्य सहित समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्‍नत समाज र राष्ट्र निर्माणमा सबैले आफ्नो ठाउँबाट योगदान पुर्याउने नगरप्रमुख भट्टराईको विश्वास रहेको छ। उहाँले थप्नुभयो,’लिङ्गको आधारमा हुने जुनसुकै प्रकृतिको हिंसाले समाजको दुर्गती निम्त्याउने हुदा यस किसिमका हिंसा को न्यूनीकरण र अन्त्य गर्नुपर्ने मात्र होइन हिंसा सहने र हुन दिने दुबै गतिविधि समृद्ध समाज निर्माणका लागि घातक हुन्छ , समृद्ध गल्याङ निर्माणमा एकाकार हुनुपर्छ ।’

यस्तै उपप्रमुख न्यौपानेले हिंसामा परेका महिलालाई संरक्षणका लागि नगरपालिका क्रियाशिल भएको बताउनुभयो । अब रुने होइन संघर्ष गर्दै अघि बढ्ने समय आएको भन्दै आफूले एकल महिला, हिंसापीडित महिलाका लागि विशेष अभियानसहित अघि बढेको बताउनुभयो । कार्यक्रमलाई भने नगरपालिकाका सामाजिक विकास शाखाका ढाल बहादुर केसीले संचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा स्थानीयहरु, विभिन्न महिला समूहरु, प्रहरी प्रशासन,विभिन्न विधालयका बिद्यार्थीहरु, शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियो। नगर उपप्रमुख न्यौपानेको स्वागत संगै सुरु भएको कार्यक्रममा सामाजिक बिकास कार्यालय स्याङ्जाका प्रमुख इश्वरी प्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

विश्वव्यापी प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको रूपमा मनाउने गरिएको छ। सन् १९९१ देखि सुरु भएको कार्यक्रम नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइन्छ। सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उहाँहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय