समतायुक्त समाजको निर्माणले नै समृद्धिको यात्रा तय गर्न सकिन्छ : नगर प्रमुख भट्टराई

२०७९ मंसिर २४, शनिबार २२:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,२४ मंसिर । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले समतामूलक समतायुक्त समाजको निर्माण गर्न सकिएको खण्डमा मात्र हामिले चाहेको समृद्धिको लक्ष्य भेट्न सकिने बताउनुभएको छ।

“सभ्य समाजको पहिचानस्लैङ्गिक हिंसा विरूद्दको अभियान” भन्ने नारा सहितको लैङ्गिक हिंसा विरूद्दको १६ दिने अभियान समापन कार्यक्रमको अवसरमा बोल्दै नगर प्रमुख भट्टराईले लिङ्गको आधारमा हुने जुनसुकै प्रकृतिको हिंसाले समाजको दुर्गती निम्त्याउने हुदा यस किसिमका हिंसा को न्यूनीकरण र अन्त्य गर्नुपर्ने मात्र होइन हिंसा सहने र हुन दिने दुबै गतिविधि समृद्ध समाज निर्माणका लागि घातक हुने बताउदै समृद्ध गल्याङ निर्माणमा एकाकार हुन अनुरोध गर्नुका साथै जुनसुकै हिंसाको अन्त्यका लागि जे सुकै गर्नुपरेपनी आफु तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रमुख अतिथि महेश भट्टराई प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा,गनपा ९ का वडाध्यक्ष नामदेव खनाल,सहभागी बोला पाठक सङ्गिता, बिष्णु माया बस्याल,पदमा भुषाल लगाएतले आआफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।

२५ नोभेम्बर देखि १० डिसेम्बर २०२२ (२०७९ मंसिर ९ गते देखि २४ गते) सम्म बिश्वभर सन्चालन हुने लैङ्गिक हिंसा बिरुद्धको सोह्रदिने अन्तरास्ट्रिय अभियानको आज समापन गर्दै गल्याङ नगरपालिकाले नगरपालिका देखि बजार क्षेत्र भित्र प्रभात फेरी गर्नुका साथै अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो।

नगर उपप्रमुख हेमा न्यौपानेको स्वागत सङ्गै सुरु भएको कार्यक्रममा सामाजिक बिकास कार्यालय स्याङ्जाको प्रमुख इश्वरी प्रसाद रेग्मी ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा करिव २०० जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार