स्याङ्जा २ (ख) मा नेकपा (एमाले) श्रेष्ठको अग्रता

२०७९ मंसिर १६, शुक्रबार २१:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १६ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ (ख) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले अग्रता कायमै राख्नुभएको छ ।

एमाले उम्मेदवार श्रेष्ठले छ हजार ६१ मत प्राप्त गर्दा काँग्रेसका भट्टराईले पाँच हजार तीन सय ५४ मत ल्याउनुभएको छ । श्रेष्ठले महेश भट्टराईभन्दा सात सय सात मत बढी ल्याउनु भएको छ ।

अहिलेसम्म कालीगण्डकी गाउँपालिका र गल्याङ नगरपालिकाको वडा नं १ को मतगणना सम्पन्न भएको छ । अहिले गल्याङ नगरपालिका वडा नं २ को मतगणना भइरहेको छ ।

यस निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ वडा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय