स्याङ्जा, १६ मङ्सिर । स्याङ्जा क्षेत्र नं २(ख) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले शुरुवाती अग्रता बनाउनुभएको छ ।
श्रेष्ठले एक हजार दुई सय १५ मत प्राप्त गर्दा काँग्रेसका महेश भट्टराईले तीन सय २ मत ल्याउनुभएको छ । उहाँ आफ्नो निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार भट्टराईभन्दा नौ सय १३ मतले अगाडि हुनुहुन्छ ।
अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको वडा नं १ को मतगणना सकिएको छ ।