स्याङ्जा, १६ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ (१) बाट नेपाली काँग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।
अर्यालले १५ हजार एक सय ६१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीले १२ हजार चार सय ३१ मत प्राप्त गर्नुभएको छ ।
अर्याल दुइ हजार सात सय तिस मतान्तर सहीत विजयी हुनुभएको छ ।
गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित हुनुभएको थियो । रेग्मी एमालेको संगठन मजबुत भनिएको आफ्नै वडामा समेत कमजोर भयो ।
बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।
प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राख्नुभएको छ ।