स्याङ्जा ,१५ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) की पद्माकुमारी अर्याललाई एक हजार एक सय ३५मतान्तरले पछि पार्नुभएको छ ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले ४५९० मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अर्यालले ३४५५ मत प्राप्त गर्नुभएको छ । भने टिकराज गुरुङ १०२१ मत प्राप्त गर्नुभएको छ ।
स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ ,८ र ९ को मतगणना सकिएको छ ।