तपाईको व्याक्तिगत विवरणमा त्रुटि छ ? छ भने सच्याउने अवसर पनि छ

२०८२ मंसिर १४, आईतवार १६:४१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर समस्या झेलीरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । नेपाल सरकारले केही ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।

राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू थियो ।

त्यसो हुँदा जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइदिनेहरूका सन्तानले दुः पाएका थिए । त्यही अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधन गरेको छ । यो संशोधित ऐनअनुसार अब एकपटकका लागि आफ्नो त्रुटि विवरण सच्याउन मिल्ने छ ।

 

 

‘‘व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा उल्लेखित नाम, थर, उमेर, वा अन्य विवरण त्रुटि भएको वा फारक परेको भएमा एक पटक सच्याउन सकिने कानुनी व्यवस्था रहेको हुँदा सम्बन्धीत व्याक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गई नियमानुसार विवरण सच्याउन सुचित गरिन्छ ।’ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जारी गरेको सुचनामा भनिएको छ ।

यदि व्याक्तिगत विवरणमा त्रुटि छ भने स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गई एक पटकका लागी आफ्नो विवरण सच्याउृन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार