एमालेले अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको उमेदवार बनाउने

२०७९ फाल्गुन २७, शनिबार ०५:४० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने भएको छ । आज बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले पुरुषलाई उठाउन खोज्ने कुरा संविधानको मर्म विपरित भएको ठहर गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

उपराष्ट्रपति पदका लागि चैत ३ गते निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार