काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुषलाई अगाडि सार्नु संविधानको मर्म विपरित भएको बताएको छ । आज बसेको एमालेको सचिवालय बैठकले राष्ट्रपतिमा पुरुष उमेदवार निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उमेदवार उठाउन खोज्नु संविधान विपरित भएको ठहर गरेको हो ।
“गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्षरउपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एकजना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न मिल्दैन बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने, “पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरित हो ।” एमालेले चैत ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उमेदवार बनाउने निर्णय गरेको छ ।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उमेदवारी दर्ताको समय दिएको छ ।