जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिमा उम्मेदवार

२०७९ फाल्गुन २६, शुक्रबार ११:०७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। भोलि हुने उपराष्ट्रपतिको मनोनयन दर्ताका लागि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारको नाम घोषणा गरिरहेका छन् ।

यसैबीच, जनमत पार्टीको कार्यकारी बैठकले ममता झालाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरे पनि गठबन्धन भित्रकै अन्य दलबाट पनि दावी आउने क्रममा जनमत पार्टीले झाको नाम अघि सारेको हो ।

केही समय अगाडि नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उठाउने भने पनि उनको उमेर नपुग्ने भएपछि गठबन्धनमा छलफल गर्ने निर्णयमा पुगेको छ । जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार