प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

२०७९ फाल्गुन २६, शुक्रबार ०८:२८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वप्रसाद खतिवडाको इजलासमा रिट निवेदक पक्षको प्रारम्भिक बहस सकिएको हो ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।

सुनुवाइ सकिएपछि अहिले खाजा ब्रेक भएको छ । यस रिटका सम्बन्धमा कारण देखाऊ, रिट खारेजी वा अन्तरिम आदेश आजै आउनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय