प्रचण्डविरुद्धको रिटमा न्यायाधीश खतिवडाको इजलासमा बहस सुरु

२०७९ फाल्गुन २६, शुक्रबार ०७:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । सोमबार दर्ता भएको रिटमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा बहस सुरु भएको हो ।

प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिका आधारमा उनीमाथि छानबिन तथा अभियोजन हुनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्र राज आरण र कल्याण बुढाथोकीले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार