
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रन्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।
आठ दलीय गठबन्धनले उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय गरेको थियो । आठ दलमा नागरिक उन्मुक्ति पार्टी पनि छ । उक्त निर्णयका बाबजुद नाउपाले यस्तो निर्णय गरेको हो । उमेदवारीबारे गठबन्धनमा छलफल हुने चौधरीले बताए ।“हाम्रो पार्टीको संसदीय दलको बैठकले उमेदवार उठाउने निर्णय गरेको हो,” उनले भने, “गठबन्धनमा छलफल हुन्छ ।”
उपराष्ट्रपतिको उमेदवारी दर्ता शनिबार (भोलि)हुँदै छ ।