राष्ट्रपति निर्वाचनः सुरु भयो मतगणना

२०७९ फाल्गुन २५, बिहीबार १०:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरसिस्थत संसद् भवनमा मतदान सकिएसँगै स्काईलाइट हलमा मतगणना सुरु भएको हो ।

राष्ट्रपतिको दौडमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी दौडमा रहेका छन् । बिहीबार बिहान १० देखि दिउँसो तीन बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् ।

यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ । यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय