राष्ट्रपतिका प्रतिस्पर्धीले एक–अर्काको प्रशंसा गर्दै दिए शुभकामना

२०७९ फाल्गुन २५, बिहीबार ०६:१३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँँ । मुलुकको तेस्रो राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धामा रहेका नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक–अर्काको प्रशंसा गर्दै विजयको शुभकामना दिएका छन् । आज (बिहीबार) संसद् भवन बानेश्वरमा मतदानपछि दुवैले अंकमाल गरी शुभकामना साटासाट गरेका हुन् ।

राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान जारी छ । निर्वाचनमा दुई पूर्व सभामुख पौडेल (कांग्रेस) र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदैछ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो ।

बिहान १० बजे शुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार