प्रचण्डविरुद्धको रिट खारेजीको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्ने

२०७९ फाल्गुन २३, मंगलवार १०:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएपछि विरोधमा मंगलबार बेलुका ५ बजे प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा माइतीघरमा बेलुका ५ बजे प्रदर्शन गरिने एमसीले बताए ।

जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने पर्ने विषयलाई सर्वोच्चमा लग्नु गलत भएको एमसीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार