सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भयोः प्रधानमन्त्री दाहाल

२०७९ फाल्गुन २३, मंगलवार ०७:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुद्दा दायर गर्न दिनु आफूलाई मात्रै प्रहार नभएर सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार भएको बताएका छन् । माओवादी धाराका ८ दलको बैठकमा प्रचण्डले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जानुपर्ने बताए ।

नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीका अनुसार माओवादी धाराका सबै नेताहरूले सङ्क्रमणकालीन मुद्दालाई साझा एजेन्डा बनाएर जाने निर्णय भएको छ । बैठकमा अहिले नै माओवादी धारहरु धाराहरू एकता गरेर जाने अवस्था भने नरहेको प्रचण्डले बताएका छन् । ‘अहिले नै एकता गरेर जाने विषयमा कुरा नगरौँ । सयुक्त मोर्चा कार्यगत एकता गरेर जानुपर्छ’ प्रचण्डको भनाई उदृढ गर्दै उनले भने । प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई तत्काल टुङ्गो लगाएर जान सबैले सहयोग गर्नुपर्ने बताएको उनको भनाई छ ।

‘सङ्क्रमणकालीनमुद्दाहरु साझा विषय बनाएर जाने विषयमा समझदारी भयो । सबैको जोड सङ्क्रमणकालीन न्यायका काम छिटो टंगो लगाउनु पर्छ भन्ने भयो । सङ्क्रमणकालीन न्यायकाविरुद्ध जाने विषय सह्य हुने छैन । त्यसका विरुद्ध एक जुट भएर प्रतिवाद गर्ने छौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार