राष्ट्रपति भण्डारीले निर्वाचनको परिणाम आएपछि मात्रै शीतलनिवास छोड्ने

२०७९ फाल्गुन २२, सोमबार १०:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निर्वाचनको परिणाम आएपछि मात्रै शीतलनिवास छोड्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छोड्ने तयारी गरेकी छिन् ।

शीतलनिवास छाडेपछि राष्ट्रपति भण्डारी बुढानीलकण्ठ नगरपालिकाको भंगालमा रहेको आफ्नै निवासमा सर्ने भएकी छिन् । अहिले राष्ट्रपति भण्डारीको निजी निवासमा रंगरोगन गरेर चिटिक्क पारिंदै छ । संविधानले फागुन २८ गतेसम्म राष्ट्रपतिको कार्यकाल तोकेको छ ।

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा पनि सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने संबैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार