
काठमाडौं । प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले लोकतन्त्र रक्षाका लागि आफ्नो पार्टी कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका छन् । तर, त्यस्तो सहकार्य व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रिय स्वार्थका लागि हुने उनले दाबी गरे ।
राष्ट्रपति निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन सोमबार पार्टी मुख्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिँदै ओलीले भने, ‘लोकतन्त्रको रक्षा गर्ने सर्तमा एमाले कांग्रेससँग सहकार्य गर्न तयार छ । एमाले व्यक्तिगत स्वार्थका लागि कसैसँग सहमति गर्दैन तर राष्ट्रिय स्वार्थका लागि सबैसँग सहकार्य गर्न तयार छ ।’