झलनाथ खनाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

२०७९ फाल्गुन २२, सोमबार ०५:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

आज (सोमबार) बिहान उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ । आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ । पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन् ।

पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय