बालुवाटारमा आठ दलका शीर्ष नेताहरूको बैठक सुरु

२०७९ फाल्गुन २१, आईतवार ११:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ। सत्ता साझेदार आठ दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरूले बताएका छन् ।

त्यसैगरी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका दलको बैठकमा सरकारमा सहभागी हुने दलका बारेमा पनि छलफल हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

भागबन्डा मिलाउन उनले नयाँ समीकरणमा दलहरूसँग परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय