मदन भण्डारीको हत्याको छानबिन गर भन्दा २१ जना मारियोः अध्यक्ष ओली

२०७९ फाल्गुन २१, आईतवार ११:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।

सुखानीको बलिदानको स्मृतिमा आयोजित कार्यक्रममा ओलीले भने, “मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस सम्बन्धमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो । छानबिन आयोग बनाएर छानबिन गर्न माग गर्दा देशभर हत्या भयो ।” उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएको भन्दै आपत्ति जनाए ।

ओलीले गणतन्त्रका लागि मारिएको भनिने गरको बताउँदै जनयुद्धले राजतन्त्र नहटाएको दाबीसमेत गरे । आफ्नो स्वार्थका लागि अरुको जिन्दगी जाने काम गर्न नहुने ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार